२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

यातायातमन्त्री घिसिङको चेतावनी: बढी भाडा असुल्नेलाई तत्काल कारबाही

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । यातायातमन्त्री कुलमान घिसिङले तोकिएको भन्दा बढी भाडा असुल्ने वा टिकट कालोबजारी गर्ने व्यवसायीहरूलाई तत्कालै कारबाही गरिने चेतावनी दिएका छन्। उनले यात्रुहरूलाई पनि आग्रह गर्दै भनेका छन्, यस्तो क्रियाकलाप देखिएमा तुरुन्तै सम्बन्धित निकायलाई खबर गर्नु।

मन्त्री घिसिङले चाडबाडको अवसरमा केही व्यवसायीहरूले स्वीकृत भाडादरभन्दा बढी असुल्ने, टिकट कालोबजारी गर्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने व्यवहार निरन्तर भइरहेको गुनासा प्राप्त भएको उल्लेख गरे। उनले भने, “देशको वर्तमान विषम परिस्थितिमा यातायात व्यवसायी लगायत सबै पक्षले जिम्मेवार भूमिका खेल्नु पर्दछ। यात्रुलाई दुःख दिने र बढी भाडा असुल्ने काम तुरुन्त बन्द गर्नुपर्नेछ।”

यातायात, ऊर्जा, जलस्रोत, सिंचाइ, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सम्हालेका मन्त्री घिसिङले व्यवसायीलाई स्वीकृत भाडादरभन्दा बढी असुल्ने, कालोबजारी गर्ने वा चाडबाडको अवसरमा मुनाफा कमाउने प्रयास नगर्न समेत आग्रह गरेका छन्।

उनका अनुसार, त्यस्ता क्रियाकलाप देखिएमा तुरुन्तै स्थानीय सुरक्षा निकाय र प्रशासनलाई जानकारी दिनु अत्यन्त आवश्यक छ। मन्त्री घिसिङले यात्रु र व्यवसायीबीच पारदर्शिता कायम गर्नुपर्ने र नियम उल्लङ्घन गर्नेलाई कुनै पनि अवस्थामा छूट नदिने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल र प्रहरी रिपोर्टमार्फत प्राप्त गुनासाका आधारमा मन्त्रालयले यस विषयमा निगरानी थप गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट