logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • जसपामा विवाद बढेपछि ठाकुर र यादवबीच आज वार्ता 

    जसपामा विवाद बढेपछि ठाकुर र यादवबीच आज वार्ता 

    11.7K
    Shares

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) मा विवाद बढेपछि आज दुई अध्यक्षबीच सघन वार्ता हुने भएकाे छ ।  जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज वार्ता हुन लागेको जसपा एक नेताले जानकारी दिए ।

    उनका अनुसार दिउँसो साढे १ बजे दुई अध्यक्ष पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछन् । एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको थियो । वैकल्पिक सरकार गठनको विषयमा पछिल्लो समय जसपाभित्रको विवाद चुलिएको छ।

    महन्थ-राजेन्द्र पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारकै पक्षमा देखिएका छन् । उपेन्द्र-बाबुराम केपी ओलीबाहेकको सरकार निर्माणको पक्षमा थिए । जसपाभित्रको विवादकै कारण वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि त्यसपछि संयुक्त सरकार निर्माण हुन सकेन ।

    महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेपछि विवाद थप चुलिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend