२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी (दसैँ)को टीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट तोकिएको छ।

समितिले देवी विसर्जनको साइत पनि स्पष्ट पार्दै बिहान ९ बजेर २३ मिनेटमा विसर्जन गर्ने शुभ समय रहेको जानकारी दिएको छ। समितिको सूचनामा टीका लगाइसकेपछि मान्यजनबाट आशीर्वाद ग्रहण गर्न पूर्व दिशातर्फ फर्कनुपर्ने उल्लेख गरेको छ।

दशैँको मुख्य दिनको साइतबारे सार्वजनिक जानकारी आउँदा देशभर परिवारमा टीका र जमरासहितको मिलनको वातावरणको तयारी सुरु भएको छ। धार्मिक विधि, कुल परम्परा र पञ्चाङ्ग अनुसार साइत मिलाएर टीका ग्रहण गर्ने परम्परा नेपालभर छ।

यससँगै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि छुट्टै समय तोकेको छ। विदेशमा रहेका नेपाली र हिन्दू समुदायले आफ्नो समयानुसार समायोजन गरी विजयादशमीको आशीर्वाद ग्रहण गर्न सक्नेगरी साइत निर्धारण गरिएको समितिले जनाएको छ।

दसैँ नजिकिँदै गर्दा यातायात चाप, टिकट व्यवस्थापन, सुरक्षाकर्मी परिचालन, र सरकारी बिदासम्बन्धी तयारी यतिबेला तीव्र बन्दै गएका छन्। टीकाको साइत सार्वजनिक भएपछि प्रशासनिक तथा पारिवारिक योजना मिलाउन सजिलो हुने जनाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट