२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने र सर्वसाधारणलाई पनि नलगाइदिने

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैँमा टीका तथा जमरा नलगाउने भएकी छन् ।

बडादशैँ हर्षोल्लासका साथ मनाउने पर्व भए पनि गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

जेन–जी आन्दोलनका क्रममा निधन हुनेको संख्या ७६ रहेको छ भने अझै करिब ४० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस घडीमा आफू टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट