२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

भक्तपुरको प्रसिद्ध नवदुर्गा तान्त्रिक नृत्य आजदेखि सुरु

बिहिवार , आश्विन १६, २०८२

भक्तपुर । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष विजयदशमीको दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले जानकारी दिए ।

तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु (घुँघुँरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ ।

बनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र काय बाजा तथा घ घलाहरु नास द्यः(नृत्यनाथ) को अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको अध्यक्ष वनमालाले बताए ।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ घला प्राप्ति गरेका वनमालाहरुले नास द्यःअघितिर बाजाबजाइ नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट