काठमाडौं । बडादसैँका मुख्य दिन विजयादशमीमा पनि देश छोडेर विदेशिनेहरूको भिड कायमै छ।विजयादशमीको दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारी र अध्ययनका लागि जानेहरूको भीड लागेको हो।

दसैँ नेपालीहरुको महान चाड हो। यस पर्वमा विशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ।
तर, वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरूले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने दसैँमा पनि परिवारबाट छुटने क्रम बढदो छ। विजयादशमीको दिनमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ।

देशमा रोजगारीको अवसर नभएपछि नेपालमा विदेशिनेहरूको संख्या प्रतिदिन बढदै गएको छ। नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरू विदेशिने गरेको पाइएको छ।







प्रतिक्रिया दिनुहोस