राजेन्द्र आचार्य
चितवन । मुलुकको तेश्रो पर्टकीय गन्तव्य सौराहा घुम्न आएका पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाएका छन् । सौराहामा पर्यटकहरूको पहिलो रोजाईमा पर्ने ग्रिन पार्क चितवन होटलमा रहेका पर्यटकहरूले टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

पर्यटकीय नगरी सौराहा घुम्न आउदा विदेशी पर्यटकहरुले नेपालीहरुको महान चाड वडा दशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै टीका र जमरा थाप्न पाउदा हर्षित बनको होटलका रेसिडेन्स म्यानेजर (आरएम) राधा श्रेष्ठले जानकारी दिइन् । हामी जेनजी आन्दोलनसगैं शुन्य पर्यटन नहोस् भनि पर्यटन दिवसमा हेलिकप्टर चार्टरसहित नेपाल सुरक्षित छ भन्ने अभियान पर्यटकहरूबाटै सुरू गरेका थियौं आरएम श्रेष्ठले भनिन्, अहिले नेपाली परम्परा सकिदै सुरक्षित साथ नेपाल घुम्न सकिन्छ भन्ने उदेश्यसहित दशै पर्यटकसगै मनाएका हौं ।
उनले पर्यटकको सेवा दिन दसैँ विदा नबसेका आफ्ना कर्मचारीहरुलाई टिका र जमरा लगाई दिइन् ।
पालैपालो टिका र जमरा लगाउदा पर्यटकहरु दंग देखिन्थे ।अमेरिकाका १६ जना सहित ३७ जना पर्यटकहरुलाई आफूले नेपाली परम्पराको जर्गेना गर्दै टिका र जमरा विगतका बर्षहरुमा जस्तै लगाईदिएको श्रेष्ठले बताइन् ।

पर्यटकहरू टिका जमरा लगाएसगै उई लभ नेपाल, उई आर सेफ ईन नेपाल नारासहितको प्ले कार्ड बोकेर हर्षित हुदै खुसी साटासाट गरेको थिए । विगतदेखि नै सडक सञ्जाल मुग्लिन नारायणगढ सडकको कारण यस वर्ष पनि सडक र मौसमका कारण पर्यटको बुकिगं शुन्य र पर्यटक पनि फाटफुट मात्र रहेको क्षेत्रिय होटल संघका महासचिव महेश खनालले जानकारी दिए । “नेपाली आत्मीय, मित्रवत छन्, सुन्दर छ नेपाल अमेरिकादेखि आएका पर्यटक क्रिसटिन जोनसनले भने । नेपालीहरुको दशैँ मनाउदा निकै खुसी छु । ”
सौराहा घुम्न आएका अर्का पर्यटक फ्रेन्ससिका रेनजेलले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैं मनाउन पाउँदा निकै खुशी देखिन्थे ।
“मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैं मनाएको छु, धन्यवाद नेपालीहरु, उनले भने ।”
अर्की पर्यटक केली रेना टेपल पनि निकै हर्षित देखिइन्। “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु, विदेशी पर्यटकले भने ।”
चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैं मनाउने परम्परा बनाएका छन् ।
।
सौराहाको सपना भिलेजले हरेक वर्ष जस्तै यो वर्ष पनि दुर्गा पूजा गर्दै पर्यटकलाई समेत दशैंमनाउने परम्परालाई निरन्तरता दिएको सपना भिलेजकी सञ्चालिका बर्षा पुरीले बताइन् ।
“पर्यटकलाई हाम्रो संस्कृतिसमेत पहिचान गराउनुपर्छ भनेर शुरू गरेका हौँ, उनले भनिन् दशैंमा नेपाल घुम्न आउने पर्यटकलाई संस्कृति सिक्ने प्याकेज बनाउन चाहान्छौँ ।” “हामीले विगतमा पनि यसरी पर्यटकहरुलाई दशैँमासगैँ राखेका मनाएका थियौँ उनले भनिन्, हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुगां सावित हुनेछ ।” यहाँका होटलहरूले दशैं मनाउने परंपरा अवलम्बन गर्दै विदेशी पर्यटकलाई नेपालको सांस्कृतिक धरोहरसँग परिचित गराइरहेका छन्।
प्रतिक्रिया दिनुहोस