२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

तलेजु मन्दिरमा जीवित देवीबाट टीका लगाइँदै

बिहिवार , आश्विन १६, २०८२

भक्तपुर । यहाँको तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीबाट स्थानीयले टीका लगाएका छन् । साथै तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरुपुरोहितले पनि टीका लगाएका छन् ।

तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार आफूहरूले जीवित देवीबाट टीका लगाएपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । अहिले स्थानीय बालकदेखि वृद्धसम्मले टीका लगाइरहेका छन् ।

यसैबीच, फूलपातीका दिन दसैंँघरमा ल्याइएका तलेजु भवानीसहितका देवीदेवताका प्रतिमालाई पुजारीहरूले देवगृहमा स्थापित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट