२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

मन्त्री भए पनि तलबभत्ता लिन्न, मेरो परिवार पाल्न साथी र शुभचिन्तकले सहयोग गर्छन् : मन्त्री पुन

बिहिवार , आश्विन १६, २०८२

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो व्यक्तिगत आर्थिक स्रोतबारे प्रष्टिकरण दिएका छन् ।

उनले बिहीबार फेसबुकमार्फत सामाजिक सञ्जालमा आफ्ना सन्तानलाई करोडौं रुपैयाँ खर्च गरेर विदेशमा पढाएको भनी फैलिएको अफवाहको खण्डन गरेका हुन् ।

मन्त्री पुनले ३२ वर्षअघि अमेरिकाबाट फर्किएदेखि हालसम्म कुनै व्यक्तिगत आम्दानी नगरेको बताएका छन् ।

त्यस्तै, उनले आफू, श्रीमती र छोरीहरूको सम्पूर्ण दैनिक खर्च शुभचिन्तक साथीभाइ र सहयोगीहरूले बेहोरेको बताएका छन् ।

उनले मन्त्री भए पनि तलबभत्ता नलिने र कहीँ जाँदा लाग्ने हवाईजहाज, बस वा ट्याक्सी भाडा आफैंले तिर्ने गरेको बताए ।

साथै, आफ्नो बारेमा विस्तृत रूपमा बुझ्न चाहनेले आफ्नो आत्मकथा पढ्न पनि मन्त्री पुनले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट