२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

मुक्तिनाथमा आयोजित छ महिने महायज्ञ सम्पन्न

बिहिवार , आश्विन १६, २०८२

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ धाममा सञ्चालित छ महिने महायज्ञ विधिवत रूपमा आज समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठाधीस जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा विशेष पूजापाठसहित महायज्ञ समापन भएको हो ।

कालीगण्डकीको शालिग्राम र मुक्तिनाथको प्रचारप्रसार गर्ने, धार्मिक आस्थालाई एकआपसमा जोड्ने र विश्वशान्तिको कामना गर्दै गत चैतको रामनवमीदेखि मुक्तिनाथमा महायज्ञ सुरु भएको थियो । कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्प अनुसार त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रासहित सुरु भएको महायज्ञ आज समापन भएको हो ।

बडादशैंको शुभदिनमा आज विधिवतरूपमा पूजापाठ गरी महायज्ञ विर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिए।

मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनःमुक्तिनाथधामबाट रथयात्रा सुरु भइ त्रिवेणीस्थित गजेन्द्र मोक्षधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट