२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

आज २०८२ साल असोज १७ गते शुक्रबारको राशिफल

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । आज २०८२ साल असोज १७ गते शुक्रबार। तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमाथि विजय प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

वृष : दिन राम्रो छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। कामको बोझ थपिने छ। आफन्तको झगडाले मन अशान्त बन्नेछ। स्वास्थ्य र शिक्षाबाट लाभ प्राप्त हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। लगानी गरेको भए नाफा हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा सुधार हुनेछ। परिवारभित्र गोप्य कुरा सुरक्षित नगर्दा घाटा हुनेछ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कन्या : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनसक्छ। विपक्षी बौद्धिक भएकाले थोरै बोल्नु राम्रो हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

तुला : दिन सामान्य छ। परिवारमा झगडा हुने जोखिम छ। आफन्तले भन्दा बाहिरका साथीको साथ मिल्नेछ। प्रेममा खटपटी बढ्ने जोखिम छ। सोचेर मात्र बोल्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। परिवारसँग तनाव बढ्नेछ। दाम्पत्य जीवन सफल बन्ने योग छ। विपक्षीको विरोधले काम नबन्ने जोखिम छ। अग्रजसँग सहकार्य गरेमा काम सहज बन्ला। स्वास्थ्यमा सुधारका लागि खानपानमा सचेत बन्नुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने छ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ।

मकर : दिन राम्रो छ। साथीसँगको भेटले मन शान्त हुनेछ। शिक्षमा जोस र जाँगर बढ्नेछ। थोरै बोलेर दैनिक कामलाई अगाडि बढाउनु उचित हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। काम नबन्दा मन उदास हुनेछ। बौद्धिक क्षेत्रका साथीसँगको भेटले नयाँनयाँ योजना बन्नेछन्। परिवारको तनावले मन अशान्त बन्ने जोखिम छ।

मीन : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। नयाँ रोगले आक्रमण गर्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। परिवारमा मनमुटावको जोखिम छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट