२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

उज्यालो नेपाल पार्टीसँग आवद्ध हुनेबारे मेरो कुनै छलफल भएको छैन : मन्त्री घिसिङ

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग आवद्ध हुनेबारे कुनै छलफल नभएको बताएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत उज्यालो नेपाल पार्टी र आफूलाई उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सूचना–समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु ।’

साथै, उनले आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट