२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

युवाको बलिदानलाई बिर्सन खोजेको भन्दै जेनजी मूभमेन्टले गर्यो असोज २३ गते फेरि आन्दोलनको घोषणा

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । जेनजी मूभमेन्टले असोज २३ गते फेरि देशभर आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार विज्ञप्ति निकाल्दै देशमा परिवर्तनका लागि युवाले गरेको बलिदानलाई बिर्सन खोजेको भन्दै फेरि आन्दोलनको घोषणा गरेको हो ।

आफ्ना कुर्सी जोगाउन मात्रै राजनीति गर्ने पुरानो पुस्ताको षड्यन्त्रलाई स्वीकार गर्न नसकिने जेनजी मूभमेन्टले जनाएको छ ।

असोज २३ गते शान्तिपूर्ण आन्दोलनमा हुने भन्दै सम्पूर्ण देशभक्त युवापुस्तालाई सहभागी हुन जेनजी मूभमेन्टले आह्वान गरेको छ ।

जेनजी मूभमेन्टले भनेको छ, ‘आज सडकमा बगेको रगतलाई अवमूल्यन गर्ने, बलिदानलाई मजाक बनाउने प्रवृत्ति सत्ता र नेतृत्वमा मौलाएको छ। हामी स्पष्ट चेतावनी दिन चाहन्छौँ – युवाको बलिदानमाथि खेलवाड गर्नेहरू इतिहासकै कठघरामा उभिनुपर्नेछ।’

‘सरकार आज लाचार भएर सस्तो लोकप्रियतामा मात्रै अल्झिएको छ। केही छानबिन, केही पक्राउ गरेर जनतालाई अल्म्याउने काम अब चल्दैन। जुन पहिले पनि पटकपटक जनताको आँखामा छारो हाल्न भएका छन्।’ जेनजी मूभमेन्टले भनेको छ ।

जेनजीको आन्दोलन कुनै व्यक्तिको स्वार्थ नभएर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमार्फत जनताको हातमा वास्तविक शक्ति पुर्‍याउने अभियान भएको जेनजी मूभमेन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट