२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

नागढुंगामा ट्राफिकको माइकिङ: ‘तपाईंको सुरक्षा हाम्रो जिम्मेवारी’, करिब २ सय गाडी काठमाडौं फर्काइयो

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । धादिङतर्फको सडक खण्डमा खसेको पहिरोका कारण नागढुंगा–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएपछि प्रहरीद्वारा नागढुंगा चेकपोस्टबाट बाहिरिन खोजेका गाडीहरू फर्काइएका छन्। शनिबार बिहानदेखि लगातार वर्षासँगै सडक अवरुद्ध हुने अवस्था अझै रहिरहेकाले यात्रुहरूको सुरक्षाका लागि प्रहरीद्वारा सवारी आवागमन रोकिएको हो।

नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार, बिहान साढे ९ बजे सम्म झण्डै २ सय सवारी साधन काठमाडौं फर्किएको छ। माइकिङ गर्दै प्रहरीद्वारा पहिरो हटाउने अवस्था तत्काल सम्भव नभएको जानकारी दिँदै अगाडि नबढ्न आग्रह गरिएको थियो।

ट्राफिक प्रहरीका अनुसार, नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानहरूमा पहिरो खसिरहेका कारण यात्रामा जोखिम रहेकोले सवारी रोकिएको हो। प्रहरीको आग्रहलाई सवारी चालक र यात्रुहरूले सकारात्मक रूपमा लिएर फर्कन थालेको जनाइएको छ।

यात्रुहरू र चालकले जोखिम नलिइ प्रहरीको अनुरोध अनुसार सवारी फर्काएपछि ट्राफिक प्रहरीले सार्वजनिक रूपमा धन्यवाद प्रकट गरेको छ। माइकिङमार्फत यात्रुहरूलाई सम्बोधन गर्दै भनिएको छ, “हाम्रो अनुरोध सुनेर फर्कनुभएका सम्पूर्ण यात्रु, चालकरसहचालक सबैमा हार्दिक कृृतज्ञता व्यक्त गर्न चाहन्छौँ। तपाईंको सुरक्षा हाम्रो जिम्मेवारी हो।”

प्रहरीले आगामी सूचना आउँदासम्म उक्त सडक प्रयोग नगर्न र आवश्यक जानकारीका लागि ट्राफिक कन्ट्रोल कक्ष वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट