काठमाडौं । निरन्तरको बर्षाका कारण उपत्यकाका खोला–नदीको जलसतह बढ्को छ । वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जलसतह बढेको हो ।
खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
हाल विशेष गरी गण्डकी प्रदेशको पुर्वि भू–भाग देखि कोशी प्रदेश सम्म नै अधिकांश स्थानहरूमा मेघगर्जन–चट्याङ सहित वर्षा भैरहेको बिभागले जनाएको छ ।
सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिम को सम्भावना रहने पूर्वानुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस