२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

वर्षा गराउने मौसम प्रणाली मुलुकबाट बाहिरियो : मौसम विज्ञान विभाग

आइतवार , आश्विन १९, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।

वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि आज बिहानसम्म सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट