काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ ।
आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट सो आदेश भएको हो ।
उनी सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।
उनलाई यसअघि ७ दिन हिरासतमा राखी अनुसन्धान गरिसकिएको छ ।
उनीमाथि उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस