२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

जेन्जी आन्दोलनका क्रममा भाइरल बनेका यमबहादुर कँडेलले गरे आफ्नै आमाको हत्या

सोमवार , आश्विन २०, २०८२

धादिङ । जेन्जी आन्दोलनको क्रममा भाइरल बनेका एक युवकले आफ्नै आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले आइतबार राति ५५ वर्षीया आमा राममाया कँडेलको धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ।

प्रहरीका अनुसार घटनास्थलमै नियन्त्रणमा लिएका कँडेलसँग हत्या गरेको हतियार पनि बरामद गरिएको छ। “अनुसन्धानका क्रममा आमामाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको पुष्टि भएको छ,” प्रहरीले जनाएको छ।

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा सहभागिता बनेका यमबहादुर कँडेल सोशल मीडियामा चर्चित बनेका थिए। ती भिडियोमा उनले “मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन” जस्ता टिप्पणी गरेका थिए।

आमाको हत्या गरिएको खबर बाहिरिएपछि स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट