२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

पाँचथरमा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सोमवार , आश्विन २०, २०८२

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१२ बुधुककी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रसव पीडामा रहेकी २४ वर्षीया लिम्सा थाम्सुहाङलाई नेपाली सेनाको २१ नम्बर वाहिनी अड्डा झापाको हेलिकप्टरले आज मध्याह्न उद्धार गरेको हो । थाम्सुहाङलाई झापाको बी एन्ड सी अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यहाँबाट सदरमुकाम ल्याउन सडक अवरुद्ध छ ।

फिदिम नगरपालिका–१ र ११ को सीमास्थित फेमे खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि फिदिम नगरपालिका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिका–३ देखि ८ को सडक सम्पर्क विच्छेद भएको छ ।

गत वर्ष बाढीले फेमे खोलाको फलाँटेस्थित पक्की पुल बगाएपछि डाइभर्सनबाट सवारीसाधन आवतजावत गर्दै आएका थिए । शनिबार राति बाढीले उक्त डाइभर्सनसमेत बगाएपछि प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट