२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

जेनजी अलायन्सले अख्तियार प्रमुख राईको राजीनामा माग्दै बुझायो दबाब पत्र, निष्पक्षतामा प्रश्न

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आयोगमा दबाब पत्र बुझाएको छ।

अलायन्सका अनुसार भदौ २३ देखि सुरु भएको जनेजी आन्दोलनका मुख्य माग भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नु रहेको छ। यसका लागि अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अलायन्सले हालका पदाधिकारीहरूबाट यो सम्भव नहुने उल्लेख गरेको छ।

मंगलबार आयोगमा दर्ता गरिएको दबाब पत्रमा भनिएको छ, प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संसदीय सुनुवाइबिना गरेको थियो, जसले अख्तियारको निष्पक्षतामा गम्भीर प्रश्न उठाएको छ।

पत्रमा राईका काम राजनीतिक रूपमा पक्षपाती रहेको, वाइडबडी घोटालालगायतका विवादमा उनको संलग्नता रहेको र विशेष अदालतले समेत आयोगको कार्यप्रणालीमाथि प्रश्न उठाएको उल्लेख गरिएको छ। आयोगको नेतृत्वले जनविश्वास गुमाएको भन्दै भ्रष्टाचार अन्त्य गर्न उनीहरूले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ।

अलायन्सले देशभरका ३९ जिल्लाका १२ समूहका प्रतिनिधिहरूको हस्ताक्षर सहित निवेदन बुझाएको जनाएको छ।

यसैबीच जेनजी समूहका युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका छन्।

प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट