२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

बेथानचोक सडकमा बर्षाका कारण क्षति, आवतजावतमा समस्या

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । हालैको बर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अन्तर्गत पनौती–ढुङ्खर्क सडकखण्डका विभिन्न स्थानमा क्षति पुराएपछि आवतजावतमा समस्या भएको छ ।

बर्षाका कारण आएको बाढीका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूलाई आवागमनमा ठूलो कठिनाइ भएको हो ।

सडक अवरुद्ध हुँदा बिरामीहरूलाई अस्पताल पुर्याउन स्ट्रेचर र डोकाको सहारा लिनु परेको छ भने दशैं मनाउन गाउँ फर्किरहेका सर्वसाधारणहरू बाध्यतापूर्वक जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

स्थानीयका अनुसार खोलामा आएको बाढी र लगातारको वर्षाका कारण सडकका धेरै भाग बगाएको र मर्मत सुरु गर्न ढिलाइ हुँदा समस्या झन बढेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार