२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा पैदल यात्रा गर्न समेत कठिन

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । हालैको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गका केहि ठाँउमा पैदल यात्रा गर्न समेत कठिन भएको छ ।

बाढीपहिरोले सडक बगाउँदा यातायात सञ्चालन अवरुद्ध भएपछि पैदल यात्रा गरि गन्तव्यतर्फ प्रस्थान गर्ने यात्रुहरुलाई कठिनाइ भएको हो ।

बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकका बिभिन्न स्थानमा आवतजावत गर्न कठिनाइ भएपछि सशस्त्र प्रहरी बलले पैदल यात्राका लागि अस्थायी पैदल ट्रयाक बनाएको छ ।

चाडपर्व मनाएर चौकीडाँडा हुदैँ काठमाडौं फर्किने यात्रुहरुलाई सशस्त्र प्रहरी बल, १५ नंवर गणको मनसुनजन्य विपद् उद्धारका लागि अस्थायी बेशमा खटिएका सशस्त्र प्रहरीले सहजीकरण समेत गरिरहेका छन् ।

बिपी राजमार्ग धुलिखेलदेखि चौकीडाँडासम्म यातायातका साधन सञ्चालन भएपनि त्यसयता सडक पूर्ण रुपमा अवरुद्ध छ । बढीपहिरोले बिपी राजमार्गको १७ स्थानमा क्षति पुर्याएको थियो । केहि स्थानमा भए सडक निर्माणको कार्य सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार