२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सीजीले जेनजी आन्दोलनका शहिद परिवारलाई रोजगारी दिने

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनमा शहिद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ।’

उनले आफूहरु दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेको पनि जानकारी दिएका छन् ।

‘आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट