२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

गुण्डुमा एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी बैठक सर्‍यो

शुक्रवार , आश्विन २४, २०८२

भक्तपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक व्यवस्थापनका विषयहरू, जेनजी आन्दोलनपछि एमालेको अवस्था, र आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने मुख्य उद्देश्य रहेको बताइएको छ।

यसअघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित गरिएको थियो।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हालै विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गरेको भर्चुअल बैठकको रिपोर्ट प्रस्तुत गर्ने र वर्तमान सरकारले लिन सक्ने सम्भावित कदम र आगामी निर्वाचनका विषयमा जानकारी दिने तयारी छ।

पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको मिति पनि केही दिन पर सारिएको छ।

उनका अनुसार, “बैठकको तयारी नपुगेको कारण असोज २७ गते सुरु हुने भनिएको बैठक अब असोज २९ देखि ३१ गतेसम्म चल्नेछ,” अधिकारीले जानकारी दिए।

उनले थपे, “च्यासलस्थित केन्द्रीय कार्यालय जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको कारण सचिवालय बैठकको स्थल अहिलेसम्म निश्चित नभएकाले गुण्डुमा बस्ने निर्णय गरिएको हो।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट