२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

रास्वपा सचिवालय बैठक आज, विस्तारित बैठक र महाधिवेशन तयारीमा केन्द्रित

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्दैछ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक करिब चार घण्टा चल्नेछ। उनले असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप आजको बैठक बस्न लागेको बताए।

बैठकमा पार्टीको विस्तारित बैठकका एजेन्डा र व्यवस्थापन, विपद् व्यवस्थापनमा रास्वपाको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यक्रम, र विविध विषयहरूमा छलफल हुने जनाइएको छ।

रास्वपाले आगामी कात्तिक १४ र १५ गतेका लागि विस्तारित बैठक बोलाएको छ। सो बैठकमा आगामी महाधिवेशनको तयारी र टुंगोबारे निर्णय हुने अपेक्षा गरिएको छ।

पार्टीले पहिलो महाधिवेशन फागुन ७, ८ र ९ गते गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट