२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

गुटबन्दीले देश डुबानमा परेको इतिहास दोहोरिन नदिन शिक्षामन्त्री महाबिर पुनको आह्वान

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाबिर पुनले वर्तमान राजनीतिक अवस्था र जेन–जी आन्दोलनको पृष्ठभूमिमा नेपालमा गुटबन्दीले राष्ट्रहितमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै इतिहासबाट पाठ सिक्न आग्रह गरेका छन्। उनले विभिन्न समयमा देखिएको आन्तरिक शक्ति संघर्ष र खुट्टा तानातानले राज्य प्रणाली कमजोर बनेको तथ्य इतिहासमै प्रष्ट रहेको समेत बताएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुमार्फत उल्लेख गर्दै भनेका छन्, “राष्ट्रको सार्वभौमिकता, सुशासन र विकासका लागि अहिलेको सन्दर्भमा गुटबन्दी त्याग्नु अपरिहार्य छ। राजनीतिक स्वार्थ र आपसी अविश्वासबाट राज्य प्रणाली बारम्बार ठप्पिएको उदाहरण इतिहासमै छ।”

उनले नेपाली इतिहासका विभिन्न कालखण्ड उद्धृत गर्दै गुटीय संघर्षकै कारण ठूला राजनीतिक संक्रमण र अस्थिरता निम्तिएको उल्लेख गरेका छन् ।

मन्त्री पुनले उल्लेख गरेका ६ बुँदा यस्तो छ :

१. नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्ध बिक्रम र राजेन्द्र बिक्रम शाहको पाला सम्म आई पुग्दा चरम बिन्दुमा पुगी सकेको थियो। त्यसैको परिणाम स्वरूप नेपाली जनताले १०४ बर्ष सम्म निरकुंश राणातन्त्र बेहोर्नु पऱ्यो।

२. राणातन्त्र सुरु भए पछि प्रधान मन्त्री वीर शम्सेर कै पाला देखि गुटबन्दी सुरु भयो। उनीहरुले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग बर्गका राणाहरुमा बर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरु कमजोर भएर २००७ सालमा जनक्रान्ति द्वारा हटाईए ।

३. २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ साल सम्म संसदिय चुनाव हुन सकेन। त्यसको खास कारण त्यति बेला जन्मेका र जन्मदै गरेका राजनैतिक दलहरुको बिचमा खुट्टा तानातान भयो फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए। अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई बिघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए। त्यो अवसरको सृजना त्यति बेलाको राजतैनिक समुह बिचको गुटवन्दी र खुट्टा तानातानको प्रवृतिले सृजना गरेको थियो।

४. २०१७ साल देखि २०४६ साल सम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासन भित्र राजनैतिक दलहरु नभए पनि बिभिन्न गुटहरु थिए। सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरु थिए र आपसमा खुट्टा तानातान गर्थे। अनि राजखलक भित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरु थिए र राजा बीरेन्द्रको कदम लाई असफल पार्ने चालवाजी खेल्थे। त्यहि कारणले गर्दा पञ्चायती व्यवस्था कम्जोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो।

५. २०४६ साल देखि २०८२ सालको अचानक बिष्फोटन भएको जेनजी आन्दोलन सुरु भएको दिन सम्मको इतिहास निष्पक्ष भएर बिश्लेसण गरौं र गर्नुहोस्। लोकतन्त्र आएपछि जेनजी आन्दोलन सुरु हुँदा सम्म राजनैतिक पार्टीहरु बिच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ। त्यसैको परिणाम स्वरूप जेनजीहरु र आम जनताहरु मिलेर विष्फोटन स्वरूप आन्दोलन गरेको हो। आन्दोलन जेनजीहरुले सुरुवात गरेको भएता पनि आम जनताले सहयोग गरेका छन् किन भने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्वाद भएको देख्न नसकेर चरम आक्रोसित भएका थिए।

६. यो माथिको इतिहास हेरेर जेनजीहरुले पाठ सिक्न अनुरोध छ। तपाईहरु भनेको एउटा निश्चित उमेरको युवाहरुको समुह हो । तपाईहरुको राजनितिक संगठन छैन। तपाईंहरुले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मुल पार्न चाहनु हुन्छ। अनि तपाईहरुले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पुरा गर्नको लागि तपाईंहरुमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाइहरु बिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदैछ। मातृभुमीको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट