काठमाडौं । मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले आगामी दिनमा ३.९६ जीपीए ल्याउने १२ कक्षाका विद्यार्थीलाई मनास्लु वर्ल्ड कलेजले दुई लाख रुपैयाँ उपहार दिने बताएका छन् । त्यस्तै कक्षा ११ मा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँ दिइने बताए ।
बिहिबार चावहिलस्थित कलेजद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लामाले यस्तो बताएका हुन् ।
अध्यक्ष लामाले गुणस्तरीय शिक्षा, अनुशासन र व्यावहारिक सीप विकास संस्थाको मुख्य प्राथमिकतामा रहेको भन्दै केही गर्छु भनेर सपना बोकेर आउने विद्यार्थीलाई मनास्लु वर्ल्ड कलेज सहयात्रीका रुपमा रहेको बताए । साथै, कजेजमाथि गरेको विश्वास कत्ति पनि तलमाथि हुन नदिने उनले प्रतिवद्धता जनाए ।
अध्यक्ष लामाले विद्यार्थीलाई प्रतिस्पर्धी र सक्षम नागरिक बनाउन आधुनिक शिक्षण पद्धतिमा कलेजले जोड दिएको बताए ।

त्यस्तै, उनले कलेजले शिक्षा, गायन–नृत्य तथा खेलकुद लगायत हरेक विधामा आफूलाई अब्बल दर्जामा उभ्याउन सफल रहेको पनि बताए ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । उनीहरुलाई पुरस्कार रकमसमेत प्रदान गरिएको थियो । त्यस्तै, कार्यक्रममार्फत कलेज टपर विद्यार्थी देवेन्द्र दाहाललाई १० हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस