काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा बयान सुरु भएको छ ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा उनको बयान सुरु भएको हो ।
सोमबार सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ ।
महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । विद्युतीय चुरोट ९भेप० मार्फत सुन तस्करी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो। यद्यपि सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन ।
प्रतिक्रिया दिनुहोस