२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

काभ्रे बस दुर्घटना : मृतकमध्ये चार जनाको पहिचान, १६ जना उपचाररत

शनिवार , जेठ ३०, २०८३

काभ्रे / विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोट क्षेत्रमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने आठ जनामध्ये चार जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विस्ट का अनुसार मृतकहरूमा रोशी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ तथा दैलेखका ३० वर्षीय नेपाली सेनाका अमलदार बमबहादुर भण्डारी रहेका छन । अन्य चार मृतकको पहिचान अझै हुन सकेको छैन ।

शुक्रबार दिउँसो करिब २ बजे बनेपाबाट रोशी गाउँपालिका–६ स्थित सुँगुरेतर्फ जाँदै गरेको पूर्व अरनिको यातायात समितिको बा ३ ख ८३९८ नम्बरको यात्रुबाहक बस नमोबुद्ध नगरपालिका–३ बुच्चाकोटमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

बसमा २४ जना सवार रहेका थिए, दुर्घटनापछि घाइते भएका १६ जनाको धुलिखेल अस्पताल मा उपचार भइरहेको छ। अस्पतालका अनुसार उपचाररतमध्ये तीन जनाको अवस्था गम्भीर छ । प्रधानमन्त्री तथा मनत्रीपरिषको कार्यालयले दुर्घटनापैति दुःख व्यक्त गर्दै दुर्घटनाको  छानबिन गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट