२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

विवाद र कमजोर नेतृत्वको असर : दुई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी फेरबदल

शनिवार , जेठ ३०, २०८३

काठमाडौ  / गृह मन्त्रालयले प्रदेश प्रहरी संगठनमा देखिएका समस्या र कार्यसम्पादन मूल्याङ्कनलाई आधार बनाउँदै दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को जिम्मेवारी परिवर्तन गरेको छ । आर्थिक लेनदेन लगायतमा विवादमा मुछिएका मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलिया र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानालाई प्रदेशबाट फिर्ता बोलाएको छ ।

थपलियालाई उपत्यका प्रहरी कार्यालय तथा रानालाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा खटाइएको स्रोतले जनाएको छ ।

उनीहरूको स्थानमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत ओमप्रसाद अधिकारीलाई मधेश प्रदेश र अपराध अनुसन्धान विभागका सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेशको नेतृत्व सुम्पिएको छ ।

मधेश प्रदेशमा पछिल्ला महिनाहरूमा प्रहरी संगठनभित्रै समन्वय अभाव र नेतृत्वसँग सम्बन्धित असन्तुष्टि देखिएको थियो। जिल्लास्तरीय प्रहरी प्रमुखहरू र प्रदेश नेतृत्वबीचको सम्बन्ध तनावपूर्ण बनेको तथा केही प्रहरी अधिकारीहरूले स्वेच्छिक सरुवाको मागसमेत गरेको चर्चा थियो।

यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि अपेक्षित नतिजा दिन नसकेको मूल्याङ्कनपछि डीआईजी रानाको जिम्मेवारी परिवर्तन गरिएको गृह मन्त्रालय निकट स्रोतको दाबी छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट