२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

इप्पानको २५औँ वार्षिक साधारणसभा सम्पन्न, अधिकांश पदमा निर्विरोध नेतृत्व चयन (सुची सहित)

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार अधिकांश पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्ष पदमा भने मतदान भएको थियो ।

1000081457.jpg

विधानअनुसार  अध्यक्ष पदमा मोहनकुमार डाँगी चयन भएका छन् ।  वरिष्ठ उपाध्यक्षमा उत्तम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् , यस्तै उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बलराम पन्त, विक्रम विष्ट,सुसन कर्माचार्य तथा हिमप्रसाद पाठक निर्विरोध विजयी भएका छन् ।
 महासचिव पदमा टेकनाथ आचार्य (टि.एन. आचार्य) निर्विरोध निर्वाचित भएका छन् भने उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएकी छन् । सचिवमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुबेर मणि नेपाल, विजय मोहन भट्टराई तथासुमन कुमारी जोशी निर्विरोध विजयी भएका छन् ।

 कोषाध्यक्ष पदमा भएको प्रतिस्पर्धात्मक निर्वाचनमा शंकर ब्यथालले २६७ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्य (खुला) तर्फ अनुप आचार्य, कदम के.सी., जगदीश सिवाकोटी जगत बहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

कुन पदमा को निर्वाचीत भए 

1 .jpg
2 .jpg

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट