२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

तिहारलाई लक्षित गर्दै काठमाडौंको भृकुटिमण्डपमा पुष्प मेला सुरु

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौंको भृकुटिमण्डपमा पुष्प मेला सुरु भएको छ । नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै तेश्रो तिहार फ्लोरा एक्स्पो आयोजना गरेको हो ।

फ्लोरा एक्स्पोमा लामा विभिन्न प्रजातीका फूल तथा नफुल्ने आलंकारिक फूलका विरुवालगायत कृषि तथा जडिबट्टी नर्सरी र फलफूलका नर्सरीबाट उत्पादित बोटविरुवाहरू प्रदर्शनीमा राखिएको छ ।

उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ । मेलामा ६२ वटा व्यवसायिक स्टल रहेका छन् जसमा फूलका साथै मलखाद, अर्घानिक एवं रसायनिक बिषाधी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहेको छ ।

कार्तिक १ गतेसम्म चल्ने मेलाको ३५ हजारले अवलोकन गर्ने र ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट