२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

विपिन जोशीको शव पहिचान, सन् २०२३ मै हत्या भएको अनुमान

मंगलवार , आश्विन २८, २०८२

एजेन्सी । इजरायली सेनाले मङ्गलबार हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक नेपाली विद्यार्थी विपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ । अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन ।

इजरायली सेनाले एक विज्ञप्तिमा सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा २२ वर्षीय नेपाली विद्यार्थी विपिन जोशी अपहरणमा परेका थिए । इजरायली सेनाका अनुसार युद्धको पहिलो महिनाहरूमा कैदमै उनको हत्या गरिएको अनुमान गरिएको छ । हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए । उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए ।

जोशीका सहपाठी हिमाञ्चल कट्टेलले एएफपीसँगको कुराकानीमा आक्रमणका क्रममा आतङ्ककारीहरूले उनीहरू लुकेका आश्रयमा ग्रेनेड फ्याँकेको जसलाई जोशीले समातेर विस्फोट हुनुअघि बाहिर फ्याँकिदिएको बताए । “उहाँको वीरताले मेरो ज्यान बचायो”, कट्टेलले भावुक हुँदै भने ।

हमासले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको एक अङ्गका रूपमा सबै २० जना जीवित बन्धक रिहा गरेसँगै चार शव फिर्ता गरेको थियो । प्यालेस्टिनी लडाकूहरूका हातमा अझै २४ जना बन्धकका शव रहेका छन् । ती शवलाई पनि युद्धविराम सम्झौताका सर्तअनुसार निकट भविष्यमा फिर्ता गरिने अपेक्षा गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट