२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

मौसम पूर्वानुमान : आज यी स्थानमा भारी हिमपात र वर्षाको सम्भावना

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । हाल देशको मौसमी प्रणालीमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) देशभर साधारणतया बदली रहने छ । आज गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात, वर्षा तथा बाँकी तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात, वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम हिमपात, वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात, वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट