काभ्रे / काभ्रेको नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टका अनुसार दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्ग अन्तर्गत बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ । धुलिखेल अस्पतालमा अहिले ठुलो भिड लागेको छ ।
प्रतिक्रिया दिनुहोस