२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

बिहीबारदेखि नेपालमा ‘मोन्था’ को प्रभाव, सतर्क रहन मौसम विभागले गरायो सचेत

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिहीबारदेखि देखिन सुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार यो चक्रवातको प्रभाव तीन दिनसम्म रहने आँकलन गरिएको छ।

मोन्था मंगलबार राती भारतको आन्ध्र प्रदेशतर्फ प्रवेश गर्दै कमजोर हुँदै उत्तर-उत्तरपश्चिम दिशामा सर्दै नेपालतर्फ आउने छ। बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशमा मौसम प्रभावित हुने सम्भावना छ।

विभागले भने अनुसार, मधेश र कोशी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने छ भने केही स्थानमा भारी वर्षा हुन सक्छ। बागमती प्रदेशका केही स्थानमा पनि वर्षा हुने देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा हल्का वर्षा हुन सक्छ।

साथै, उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ। विशेषगरी बागमती र कोशी प्रदेशका उच्च भूभागमा भारी हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

बाढीकाे जाेखिम

चक्रवातका कारण मधेश र कोशीमा नदीहरूमा बहाव बढ्ने सम्भावना छ। बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीनालामा सतर्कता तहसम्म बहाव बढ्न सक्ने देखिएको छ।

खासगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा नदीनालामा आकस्मिक बहावको जोखिम उच्च रहेको छ।

विभागले जनजीवन, सडक र हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सबै निकाय र सर्वसाधारणलाई नियमित अपडेट हेर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट