२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

पारिवारिक कारण देखाउँदै एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन्।

उनले बुधबार बिहान आइजिपीको सचिवालयमा राजीनामा बुझाएका हुन् ।

गत साउनमा मात्रै एसपीबाट एसएसपीमा बढुवा भएका रानाभाटले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका हुन्।

उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट