२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

जेनजी आन्दोलनमा खटिएका प्रहरीको बयान आजदेखि सुरु

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी अधिकारी र जवानहरूको बयान आज (बिहीबार) देखि सुरु भएको छ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि उक्त बयान प्रक्रिया अघि बढाएको हो। आयोगका अनुसार आन्दोलनका दिन फिल्डमा जिम्मेवारी सम्हालेका प्रहरी इन्चार्ज र अन्य सुरक्षाकर्मीहरूको विवरण प्राप्त भइसकेको छ र उनीहरूलाई क्रमशः बयानका लागि बोलाइनेछ।

बुधबार मात्रै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिएको थियो। आयोगले अब आन्दोलनका क्रममा निर्णय लिने, निर्देशन दिने र फिल्डमा खटिने सबै तहका जिम्मेवार व्यक्तिहरूसँग क्रमशः बयान लिने तयारी गरेको छ।

आयोगले प्रत्यक्षदर्शी, घाइते तथा मृतकका परिवारसँग पनि सम्पर्क गरी थप प्रमाण संकलन गर्ने योजना बनाएको जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट