logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • सुटुक्क बिहे गरे बेलायतका प्रधानमन्त्रीले

    सुटुक्क बिहे गरे बेलायतका प्रधानमन्त्रीले

    3.1K
    Shares

    काठमाडाैं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले तेस्राे पटक विवाह गरेका छन् । उनले केही मानिसहरुको उपस्थितिमा तेस्राेपटक सुटुक्क बिहे गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    ५६ वर्षीय जोन्सनले शनिबार केही  मानिसहरुको उपस्थितिमा ३३ वर्षीया क्यारी सिमोन्ड्ससँग बिहे गरेका हुन् । 

    वेस्टमिनस्टर क्याथेडेरलमा भएको विवाहोत्सवमा ३० जना मानिसहरु निम्ताे दिइएकाे समाचारमा जनाइएकाे छ । बेलायतमा काेराेना भाइरस महामारीका कारण विवाहमा ३० जनाभन्दा बढी उपस्थित हुन पाउने मापदण्ड छ । साेही मापदण्ड अनुसार बिहेमा ३० जनामात्र मानिस बोलाइएको हो ।

    जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि सम्बन्धमा रहेका थिए । गएको अप्रिलमा सिमोन्ड्सबाट उनीहरुको छोरा जन्मिएकाे थियाे । जोन्सनले यसअघि २ बिहे गरेका थिए र दुबै डिभोर्स भएको थियो । उनको पहिलो बिहे अलेग्र मोस्टीनीसँग भएको थियो भने दोस्रो बिहे मेरिना ह्विलरसँग भएकाे थियाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend