logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • म्याग्दी अन्नपूर्णकी महिलाको शव सेती नदीको किनारमा फेला 

    म्याग्दी अन्नपूर्णकी महिलाको शव सेती नदीको किनारमा फेला 

    3.8K
    Shares

    म्याग्दी । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् ।

    तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । 

    हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

    स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend