२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सबै मिलेर देश परिवर्तन गर्न आवश्यक छ : अध्यक्ष साम्पाङ

आइतवार , मंसिर ७, २०८२

टक्सार (भोजपुर) । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राखे । देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनले जोड दिए ।

“युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छौँ भन्ने बुझन आवश्यक छ”, अध्यक्ष साम्पाङले भने । युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट