२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

बालविवाह अन्त्य गर्न वर्तमान कानुन नै प्रभावकारी छ, यसलाई कार्यान्वयन गर्न जरुरी छ : सिर्जना दनुवार

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी रहेकाले यसलाई कार्यान्वयन गर्न जरुरी रहेको बताएकी छन् ।

आइतबार विराटनगरमा आयोजना गरिएको बालविवाह सम्बन्धी राष्ट्रिय जाँचबुझ परामर्श कार्यक्रममा बोल्दै उपसभामुख दनुवारले बालविवाह मुक्त गराउन विद्यमान कानून कार्यान्वयनमा देखिएका समस्या र बाधकका रुपमा रहेका पक्षहरुलाई गहन रुपमा ध्यान दिनुपर्ने समेत बताइन् । उनले बालविवाह अन्त्यका लागि सामाजिक सचेतना पनि उत्तिकै आवश्यक रहेको बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले आयोजना गरेको सो कार्यक्रममा बालविवाहका कारण बालबालिकाहरुमा शारीरिक, मानसिक र मनोवैज्ञानिक प्रभाव पर्ने भएकाले सम्बन्धित सरकारले चासो र चिन्ता लिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । पछिल्लो एक बर्षमा तराई मधेश र कर्णाली प्रदेशमा १८ वर्षमुनीका ५० प्रतिशत किशोरीहरुको बालबिवाह भएको तथ्यांक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट