२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल विधिवत रुपमा आयोगमा दर्ता

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल दल निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ ।

सोमबार आयोगले हाम्रो पार्टी नेपाललाई दल दर्ताको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरेको हो । आयोगमा २१६ नम्बरमा दर्ता भएको सो पार्टीको चूनाव चिन्ह गोलो घेराभित्र राम्रो जनाउने लाइक रहेको छ ।

दल दर्ताको प्रमाणपत्र लिनका लागि बाजागाजाका सहित आयोग पुगेका हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टी मजबुद राजनीतिक शक्तिको रुपमा उदाउने बताए ।

राजनीतिक कोर्श र देशलाई सहि ढंगले दिशानिर्देश गर्दै पार्टीले आफ्नो गतिविधि अघि बढाउने उनले बताए । सुनारले मुलुक नयाँ राजनीतिक परिवेशमा अघि बढेको र निर्वाचनमय भएको अवस्थामा नयाँ दलहरु दर्ता हुनु स्वभाविक भएको जिकिर गरे ।

धेरै शक्तिहरुको संघर्षपछि एउटा बलियो राजनीतिक शक्ति निर्माण हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट