२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए । हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले बताए । निर्वाचनमा अधिकतम दलको सहभागीता सुनिश्चित गर्नका लागि आयोगले दल दर्तालाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताए ।

प्रवक्ता भट्टराईले प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले नयाँ मतदाताका लागि निवेदन दिएको जानकारी दिए । प्राप्त भएका निवेदनउपर रुजू गरिसकेपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको मतदाता नामावली प्रकाशित गर्ने उनले बताए ।

प्रकाशित भएको नामावलीमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने उनले बताए । विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट