२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमाले महाधिवेशन : उम्मेदवारी शुल्क १ हजारभन्दा बढी लिन नपाइने, यस्तो छ ५ बुँदे निर्देशन

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा उम्मेदवारी शुल्क अधिकतम १ हजार रुपैयाँ मात्रै लिनुपर्ने निर्देशन पार्टीको सङ्गठन विभागले जारी गरेको छ।

केही जिल्लामा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकाले त्यसमा विभागले हस्तक्षेप गरेको हो । प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार, सोमबार साँझ भर्चुअल बैठकमार्फत जारी गरिएको पाँच बुँदे निर्देशनअनुसार, निर्वाचन प्रक्रियामा प्रवेश गर्नुअघि अन्तिम मतदाता सूची प्रकाशन अनिवार्य हुनेछ।

विभागले मतदाता सूचीको संख्या केन्द्रीय सङ्गठन विभागमा जानकारी गराउने, मंसिर १२ गते साँझसम्म सर्वसम्मती प्रयास गर्ने र नभएमा मंसिर १३ गते देशभर र प्रवासमा प्रतिनिधि छनौट प्रक्रिया अघि बढाउने पनि निर्देशन दिएको छ।

यसैगरी प्रतिनिधि छनौट प्रक्रियामा खटिएका नेताहरूलाई समयमै कार्यक्षेत्रमा पुगेर सहजीकरण गर्न निर्देशन दिइएको छ।

एमाले महाधिवेशन मंसिर २७–२९ गते काठमाडौंमा हुने र करिब २२ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट