काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च अदालत गएको छ ।
आज असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको रिट दायर गरेको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
एमालेको संसदीय दलको बैठकले रिट लिएर जाने अख्तियारी विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई दिएको थियो ।
केही दिनअघिको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन कदम संविधान र लोकतन्त्रविपरीत ठहराएको थियो ।
प्रतिक्रिया दिनुहोस