२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रतिनिधिसभा निर्वाचनका लागि एमाले र राप्रपाले गरायो दल दर्ता

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले दल दर्ता गराएको छ ।

आज एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबारसम्म तोकिएको छ ।

यसैबीच, राप्रपाले पनि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । राप्रपाको तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

एमाले र राप्रपाले पनि दल दर्ता गराएसँगै अहिलेसम्ममा प्रतिनिधिसभा निर्वाचनका लागि ६६ दल दर्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट