२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई सिंहदरबार प्रवेशमा रोक

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरुलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमा रोकेको हो । आफुहरु जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरुले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको थियो ।

त्यसपछि उनीहरु हनुमानस्थान नजिक धर्नामा बसेका थिए । सो क्रममा जेनजी अभियान्ता मिराज ढुंगानाले प्रधानमन्त्रीसंग भेट्न पटक पटक समय माग्दा पनि नपाएपछि आफुहरु भित्र जान खोजेको बताए । जेनजी युवाहरुको मागलाई वेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रीय भएको बिषयमा आफुले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उनको भनाइ छ । उनले युवाहरुलाई स्वदेशमा नै गरिखान दिने वातावरण बनाउनुपर्ने र यसका लागि स्थीर सरकार आवश्यक रहेको धारणा राखे ।

उहाले प्रधानमन्त्रीलाई जेनजी युवाहरुको भावना बिपरित चल्ने छुट नभएको बताए । उनले अवको निर्वाचनमा राजनीतिक दलहरुलाई प्राथमिकता दिन खोजेको भन्दै पुरानै दलहरु पुन फर्किए आफुहरुको माग पुरा हुन नसक्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट