२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : संयोजक प्रचण्ड

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट भएको संगठन प्रवेशलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर १२ गतेदेखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्न लागेको भन्दै त्यसबाट निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिने बताएका हुन् ।

देशमा अहिले देखापरेको असहज अवस्थालाई सहज बनाउन पार्टी अघि बढ्ने उनले बताए । प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउदै अघि बढ्ने भन्दै मंसिर ११ गते जसपाको एउटा समूहसँग एकता हुने जानकारी दिए । युवाहरुले उठाएका सुशासन र भ्रष्टाचारबिरोधी अभियानलाई पनि पार्टीले अघि बढाउने उनको भनाइ छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको एकताले देशव्यापी रुपमा उत्साह थपिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीलाइ बलियो शक्तिको रुपमा स्थापित गर्ने बताए । उनले आपसी मतभेद नगरी जनताको विश्वासको पार्टी बनाउन देशव्यापी सन्देश दिने उल्लेख गरे ।

सहसंयोजक नेपालले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा रहेकाले अब सो भवन तत्कालिन माओवादीको मात्रै नभएर समग्र नेपाली कम्युनिष्ट पार्टीको भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट