२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

लैङ्गिक हिंसा अन्त्यमा प्रविधि र व्यवहार परिवर्तन महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की

मंगलवार , मंसिर ९, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैङ्गिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त रहेको बताएकी छन् ।

‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज यहाँ उद्घाटन गर्दै उनले कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले महिलामाथि बढी देखिने लैङ्गिक हिंसाबाट पुरुषसमेत प्रताडित हुने सामाजिक यथार्थलाई बुझ्नुपर्ने आवश्यकता औँल्याइन् । प्रविधिको प्रयोगले सचेतना बिस्तार, सूचनामा पहुँच र प्रतिवेदन प्रणाली सुदृढ बनाउन सक्ने भएकाले यस वर्षको नाराले सान्दर्भिकता बोकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले कुनै पनि धर्म, संस्कृति वा परम्पराले महिलामाथि हिंसा गर्न समर्थन नदिने स्पष्ट पार्दै संविधान तथा कानुनी संरचनाले पनि महिलालाई समान अधिकार प्रदान गरे पनि व्यवहारिक कार्यान्वयनमा चुनौती रहेको बताइन् ।

महिलाको निर्णायक तहमा प्रतिनिधित्व बढाउनुपर्ने र त्यसका लागि निर्वाचनमा महिलाको सम्भावित सहभागिता बढाउन दलहरूले महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

यसैगरी हिंसाले महिलाको जीवनमा मानसिकलगायत बहुआयामिक चोट पुर्याउने भएकाले पीडितको संरक्षण, राहत र पुनःस्थापना राज्यको प्राथमिकतामा रहनेसमेत प्रधानमन्त्री कार्कीको भनाइ थियो । “सोह्र दिने अभियानले हरेक वर्ष दृश्यात्मक परिवर्तन ल्याउनुपर्छ, कानुनी आधारहरू पर्याप्त छन्, कार्यान्वयन नै मुख्य हो । यसमा सबै लाग्नुपर्छ”, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले प्रविधिको सही उपयोग, सशक्त कानुनी कार्यान्वयन र सकारात्मक व्यवहार परिवर्तनमार्फत लैङ्गिक हिंसा समाप्तिका लागि सबै पक्षलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट